|

स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय गरेको छ। लगातारको खराव प्रदर्शनपछि म्याड्रिडले जुलेन लोपटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सोलारीलाई दिँदै आएको थियो।

लामो समयसम्म अन्तरिम प्रशिक्षक राख्न नपाउने ला लिगाको नियमअनुसार उनका केही खेलका सकरात्मक नतिजापछि सोलारी स्थायि प्रशिक्षकमा नियुक्त भएका हुन्।रियलमा यसअघ चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे र म्यान्चेष्टर युनाइटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्हो ल्याउने चर्चा चलेको थियो। तर रियलले केही समय सोलारीको खेल हेरेर निर्णाय गर्ने जनाएपछि उनीहरूको चर्चा सेलाएको थियो। 

स्पेनिस फुटबल एसोसियसनले सोलारीको सम्झौताको बिषय बताए पनि रियल म्याड्रिडले आधिकारिक घोषणा गरेको छैन। निरन्तरको खराब नतिजापछि सोलारीको प्रशिक्षणमा क्लबले लगातार चार खेलमा जित निकालेपछि उनी उत्साही छन्। उनले क्लबको जिम्मेवारी लिदाँ स्पेनिस लिगमा रियल नवौँ स्थानमा थियो। अहिले रियल तालिकाको छैटौँ स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.