|

कपिलवस्तु : नदी तलाउ किनारमा पुगी मंगलबार अस्ताउँदो सूर्य तथा षष्ठी मातालाई अर्घ दिइँदै छ। प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्व जिल्लाका ६ स्थानमा तामझामका साथ मनाइँदैछ।

जिल्लाका ऐतिहासिक रामघाट नदीतट, जमुवार नदीको तट, सिसई नदी, कृष्णनगर नगरपालिकाको पार्कको तलाउ र शिवराज नगरपालिकाको नौडिहवा पोखरीमा व्रतालुको घुइँचो लाग्छ। 

कपिलवस्तु नगरपालिका १ स्थित जमुवार नदीको छठतटमा नगरपालिकाले फोहोर फ्याँक्ने 'डम्पिङ साइट'का रूपमा प्रयोग हुन थालेपछि छठ मनाउने समुदाय निराश छन्। नापी कार्यालयले पूजा गर्न जाने बाटो प्रमाणित गरे पनि सो ठाँउमा धान रोपिएको छ, घाटमा जाने बाटो छैन।

नदीको किनारमा पक्की बाटो, नुहाउने ठाउँलगायत छठ पर्व व्यवस्थित गर्नका लागि कपिलवस्तु नगरपालिकाले कुनै पहल नगरेको छठ पर्व व्यवस्थापन समितिका संयोजक गणेशलाल कर्णले बताए। जमुवार नदी किनारमा १० लाख रुपैयाँको लगानीमा छठ पुजा स्थल निर्माण गरे पनि व्यवस्थित  छैन।

यसपालि यहाँ १५ हजारभन्दा बढी मेलामा सहभागी हुने अायोजकको अनुमान छ।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.