|

काठमाडाै‌ं :  ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिकनाच  सोमबाटबाट पाटनको मंगलबजारमा  शुरु भएको छ।

विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको यो नाच धार्मिक महत्व समेत रहेको छ। नाचको माध्यमबाट जिवन उपयोगी बिभिन्न धार्मिक नाटकको प्रस्तुती पनि गरिन्छ।

राजा सिध्दिनरसिँह मल्ल कृष्णभक्त राजा भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको शुरु गरेका थिए। यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ। प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने  गरिन्छ। बाह्र दिनसम्म चल्ने नाचमा झण्डै १०० जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले बताए। उनले भने, 'नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर धेरै जनाको सहभागिता हुन्छ।' यो वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि दुई लाख आर्थिक सहयोग गर्ने भएको छ। समितिले भने यति रकम पर्याप्त नभएको बताउँदै आएको छ। यो वर्ष सात वर्षपछि ल्यब लायगु र खुशी छिकेगु देखाइने भएको छ। नाचको पहिलो दिन  बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइयो।  बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बताएको थियो। यो नाच आउने मंसिर सात सम्म हरेक साँझ ७ बजे देखाइने छ।  हरेक वर्ष कात्तिकमा यो नाच देखाइने हुनाले यसलाइ कात्तिन नाच भनिने प्रचलन पनि छ। 

कात्तिक नाचको पहिलो दिन 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.