|

महिलामा साँच्चिकै देवीकाे रुप हुन्छ। त्यस्तै एक उदाहरण बनेकी छन् फिलिपिन्स एरलाइन्समा काम गर्ने विमानकी परिचारिका- एयर होस्टेज पत्रिशा ओर्गानो।

फिलिपिन्स एयरलाइन्समा परिचारिकाका रुपमा काम गर्ने उनले उडिरहेको विमानमा यात्रा गरिरहेको एक वर्षे बच्चालाई स्तनपान गराएर सवत्र चर्चा बटुलेकी छन्। 

आमासँगै रहेको बच्चाको पाउडर दूध सकिएकाले भाेकले रुन थालेपछि उनले आफ्नो नौ महिने बच्चाको यादमा आफूले ती बालकलाई स्तनपान गराएको भन्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी थिइन्। 

उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफ्नो बच्चा आमासँग रहेको र त्यसरी नै रोएको होला भन्दै सम्झना गरेको बताइन्। उनले स्तनपान गरेपछि रोइरेको बच्चा सुतेको थियो। त्यस्तै, विमान कम्पनीले उनको प्रशंसा गर्दै एक तह बढुवा पनि गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.