समाज : सुरक्षा/अपराध

बारामा युवक मृत फेला
SHARES

कात्तिक २७, २०७५

    बारा : निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षीय विनोद खड्का मृत भेटिएका छन्। उनी घरभन्दा २०० मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार बिहान मृत भेटिएका हुन्।

    प्रहरी टोली घटनास्थलमा पुगेर शवको प्रारम्भिक अनुसन्धान गरिरहेको छ। शवबाट दुर्गन्ध आइसकेको छ। चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको हुन सक्ने प्रहरीले जनाएको छ। शवमा कुनै प्रकारको बाहिरी चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए।

    पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिँड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन्। उनका बुवा वैदेशिक रोजगारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]