|

काठमाडौं : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ। गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो। 

युवा तथा खेलकूद मन्त्रालयले तिम्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ। लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो। 

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिम्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय छन्। यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहेका छन्। बक्सिङका पूर्वखेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.