|

लमजुङ : जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गरेका छन्।

लमजुङ जिल्लाको विकासका लागि प्राप्त चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँड गरिएको प्रतिनिधिसभा सदस्य गुरुङले बताए। उनका अनुसार जिल्लाको भौतिक पूर्वाधारमा विशेष जोड दिँदै तीव्र विकासमा निरन्तरताका लागि रकम बाँडफाँड गरिएको हो। 

४ नगरपालिका र ४ गाउँपालिकाका लागि बजेट बिनियोजन भएको गुरुङका स्वकीय सचिव कमल खड्काले बताए। खड्काका अनुसार सडक निर्माणमा कूल बजेटको ६५.७५५ प्रतिशत (अर्थात दुई करोड ६३ लाख), जिल्लास्तरीय खेल मैदान निर्माणमा ७.२५५ प्रतिशत (अर्थात २९ लाख), भौतिक पूर्वाधारतर्फ (स्वास्थ्य चौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन) निर्माणमा २६ प्रतिशत (अर्थात एक करोड चारलाख) र स्थानीय प्रशासनिक खर्चमा कूल बजेटको १५ प्रतिशत (४ लाख) बजेट विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.