|

सप्तरी​ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले तराइ मधेसको रक्षाका लागि चुरे संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए। 

सप्तरीको तिलाठी कोइलाडीमा न्यूज २४ टेलिभिजनले निर्माण गरेको मुसहरवस्ती हस्तान्तरण कार्यक्रममा उनले चुरे संरक्षण आवश्यक रहेको उल्लेख गरे। पूर्व राष्ट्रपति यादवले चुरे दोहनकै कारण तिलाठी-कोइलाडी जस्ता तराई-मधेसका ठाउँ डुबानमा पर्ने गरेको बताए। चुरे संरक्षण अभियानमा विशेष चासो राख्दै आएका यादवले यसका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने पनि बताए।

पूर्व राष्ट्रपति यादवले मुलुक निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए। सञ्चार माध्यम लोकतन्त्रको लागि अक्सिजन भएको पनि उनको भनाई थियो। मुसहर वस्तीको शिलालेखको अनावरण र वस्तीवासीलाई साँचो हस्तान्तरण गर्दै पूर्व राष्ट्रपति यादवले न्यूज २४ टेलिभिजनले सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे।

बस्ती हस्तान्तरणपछि पूर्व राष्ट्रपति यादवले मुसहर वस्तीको अवलोकन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.