|

विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामि पुससम्ममा कर्मचारी समायोजनको काम सक्ने गरी सरकारले तयारी गरेको बताए। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले पुस मसन्तभित्र समायोजन सक्ने लक्ष्यका साथ आवश्यक ऐनको व्यवस्था गर्न सरकार लागि परेको बताएका हुन्।

उनले खटाएको ठाउँमा कर्मचारीलाई पुग्ने व्यवस्था गरेरे अस्थायी ढंगले कर्मचारी परिचालन गरिएको र समायोजन पछि स्थायी रुपमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गरिने पनि मन्त्री पण्डितले बताए। 

मन्त्री पण्डितले कर्मचारी समायोजनपछि सरुवा छिटो छिटो नहुने र निश्चित अवधि पूरा भएर काम गरेपछि मात्रै कर्मचारीको बढुवा हुने व्यवस्था गरिने बताए। त्यसै गरी पण्डितले आवश्यक कर्मचारी नयाँ भर्ना प्रक्रिया पनि छिट्टै सुरु गर्ने  पनि जानकारी दिए। प्रदेश लोकसेवा आयोग नबनेसम्म केन्द्रकै लोकसेवा आयोगबाटै कर्मचारी भर्ना हुने पनि पण्डितले बताए। 

कर्मचारीसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्वारा लोकसेवा आयोगमा परामर्शका लागि पठाइएको र परामर्शपछि अध्यादेश पारित भएर ऐनको रुपमा आउने पण्डितले बताए। आफ्नो विषयमा पत्रकारले नभएका कुरालाई झुठो प्रचार गरेर विवादित बनाउने प्रयास गरेको भन्दै दुःख लागेको बताए। आफ्ना कोही साला-जेठान नभएको र क्वाटरमा गाडी लिएर आउन सबैलाई छुट भएकोले त्यही विषयलाई लिएर समाचार बनाउनु उपयुक्त नभएको पनि बताए। 

आफूले राज्यको सम्पत्ती दुरुपयोग हुने गरी कुनै काम नगरेको बताउँदै मन्त्री पण्डितले अब सरकार गतिका साथ अगाडि बढ्ने पनि विश्वास दिलाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.