|

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरणले वर्तमान सरकारले जनताको जनजीविका सवाललाई सम्बोधन गर्न नसक्ने भन्दै सबै कम्युनिष्ट पार्टीहरू मिलेर संघर्ष गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले काठमाडौंमा गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष  बैद्यले सरकारविरुद्ध कार्यगत एकता गरेर भए पनि संघर्ष गर्नु पर्ने बताएका हुन्। वर्तमान सरकारको ८ महिनाको कार्य प्रगतिले जनताका समस्यामा उदाशीन बनेको भन्दै अध्यक्ष वैद्यले सबै क्रान्तिकारी एक ठाउँमा आउन आह्वान गरे। सरकारमा गएका नेताहरू सत्ताको मातमा हिजोका श्री पाँच जस्ता देखिन थालेकोले जनताका जनजीविकाको सवाल आन्दोलनमार्फत् उठाउन सबै एक ठाउँमा आउनु पर्ने बताए।

यस्तै चियापान कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सिपि मैनालीले लिपुलेकबारे सरकारले बोल्न नसक्दा सरकारको देशभक्तिमा शंका उठ्न थालेको बताए। महासचिव मैनालीले सरकार बाहिर रहँदा लिपुलेकको नेपालको हो भन्दै जनमत बटुल्ने, सरकारमा गएपछि दक्षिण छिमेकी रिसाउला भनेर चुप बसेको हो कि भन्ने तर्क गरे। सरकारको सत्ता नै दक्षिण छिमेकीको टेकोमा अडेको भन्दै यसको देश भक्ति र चरित्रमा शंका उत्पन्न भएको बताए।

चियापान कार्यक्रममा तत्कालीन माओवादी केन्द्रमा रहेका र माओवादी केन्द्र र नेकपा एमाले एकताबाट असन्तुष्ट नेता कार्यकर्ताहरू सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.