|

संखुवासभा : चिचिला गाउँपालिकाको गुराँसे भिरबाट  लडेर एक जनाको मुत्यु भएको छ।  गुराँसे भिरबाट लडेर चिचिला गाउँपालिका ५ देविटारका ५५ वर्षीय तामाङ धामी पाँचकोटीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अर्जुन पोख्रेलले जानकारी दिए। 

भाइटीका लगाएर मकालु गाउँपालिका २ बाट फर्कने क्रममा  चिचिला गाउँपालिका ४ र ५ को सिमानाको गुराँसे भिरबाट लडेका तामाङ धामी पाँचकोटीलाई बचाउने जाने क्रममा लडेर पूर्णकुमार परियार गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते परियारको जिल्ला अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। 

तामाङ धामी पाँचकोटी , पूर्णकुमार परियार र की हिमाली परियार भाइटीकालगाउन केही दिन अघि मकालु गाउँपालिका२ गएका थिए। उनीहरू टीका लगाइ सकेर आइतबार घर फर्किने क्रममा गुराँसे भिरबाट १५० मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ। मदाक पदार्थ सेवन गरेका पाँचकोटी लडेपछि पूर्ण बचाउन जाँदै गर्दा उनी समेत लडेर घाइते भएपछि पूर्णकी भान्जीले प्रहरीलाई खबर गरेकी थिइन्।

९ वर्षीया हिमालीले प्रहरीचौकी चिचिलामा खबर गरेपछि प्रहरी घटनास्थल गुराँसे पुग्दा पाँचकोटीको घटना स्थलमै मृत्यु भइसकेको थियाे। त्यसैगरी परियारलाई घाइते अवस्थामा भेटाइएको प्रहरीले जनाएको छ। घाइते परियारको थप उपचारका लागी घाेपा क्याम्प धरान पठाएको छ भने मृतक पाँचकोटीको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.