|

बाँके : प्रहरी, पत्रकार, पाइलट, वन अधिकृतले सीमावर्ती भारतीय शहर रूपैडिहामा गएर लागूऔषध कोरेक्स खाएर आउँछन् भन्दा पत्याउनुहुन्छ? पक्कै पनि पत्याउनुहुन्न। 

तर होइन, नेपालगञ्ज नाकाबाट दैनिक नै रूपैडिया पुगेर कोरेक्स खाएर आउनेमा यी पेशाका सम्मानित व्यक्तिहरू संलग्न रहेका छन्। नेपाल समाचारपत्र दैनिकका अनुसार यी चारथरी पेशाका सम्मानित व्यक्तिमध्ये प्रहरीको सरुवा भइसकेकोछ। वन अधिकृत केही महिनादेखि नाकामा देखिएका छैनन्। पाइलट र पत्रकारको रूपैडिहा दौडाहा भने जारी छ।

प्रहरी अधिकृत साँझपख मस्तले साइकलमा रूपैडिया पुगेर कोरेक्स खाएर फर्किन्थे। सकेसम्म कसैले नचिनुन् भन्ने उनको ध्येय हुन्थ्यो। वन अधिकृत त एकपटक नाइट्राोभेट नै बोकेर आउँदा नाकामा समातिएका थिए। मुद्दा चलाएपछि उनको जागिर जाने अनुमान गरियो तर अब लागूऔषध प्रयोग नगर्ने शर्तमा उनलाई लामो समयसम्म काउन्सिलिङ गरेर छोडियो।

एकजना पत्रकार दिनमा दुई तीन पटक नै रूपैडिया पुग्छन्। त्यहाँ पुगेर कोरेक्स खाएर आउँछन्। कतिपय पत्रकारले उनलाई नमस्कार नै ठोक्ने गर्छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.