|

काठमाडौं :  आफ्ना पत्रकारको ह्वाइट हाउस प्रवेशको परिचयपत्र रद्द गरेपछि सिएनएनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।

जिम एकोस्टा ह्वाइट हाउसका लागि सीएनएनका प्रमुख संवाददाता रहेका थिए, गत हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको ‘प्रेस पास’ फिर्ता लिइएको थियो।

राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप सीएनएनले लगाएको छ।  मंगलबार वासिङ्टनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ। राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन्।

नोभेम्बर ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एकोस्टाको बीचमा केही प्रश्नलाई लिएर बहस भएको थियो। बहसको एक दिनपछि उनको पास रद्द गरिएको थियो। संवाददाता एकोस्टाले मेक्सिकोका शरणार्थी र मेक्सिकोबाट अमेरिकातर्फ बढी रहेका प्रवासीका बारेमा प्रश्न गरिरहेका बेला ह्वाइट हाउसमा कार्यरत एक महिला कर्मचारीले उनको माइक्रोफोन खोस्न खोजेकी थिइन्।

एकोस्टाले माइक्रोफोन दिन मानेनन् र राष्ट्रपति ट्रम्पलाई अर्को प्रश्न गर्ने प्रयास गरेका थिए। त्यही विषयलाई लिएर ह्वाइट हाउसले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दर्ता गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.