|

भद्रपुर (झापा) : नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरस्थित मेची नदीमा उदाँउदो सूर्यलाई अर्घ्य दिँदै हर्षोल्लासका साथ छठ पूजा सम्पन्न भएको छ। नेपाल तथा भारत गरी दुवै देशका व्रतालु तथा भक्तजनहरुले मेची नदीमा सामूहिक रुपमा सूर्यलाई अर्घ्य दिर्दै छठ पर्व मनाएका हुन्।

मेची नदी वारीपारी गरी करिब पाँच हजार पूजास्थल (घाट)मा पूजा सामग्री राखिएको थियो। व्रतालुहरूले गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार चढाएर उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यहाँ मधेशी समुदायबाहेक अहिले नेपाली, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायसहित मधेशी समुदायका भारतीय नागरिकले पनि छठ पर्व मनाएका छन्। 

मेची नदीको छठलाई जनकपुरपछिको दोस्रो स्थान मानिएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए। मेची नदीमा यो वर्ष करिब एक लाख भक्तजनको सहभागिता रहेको भद्रपुर नगरपालिका ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.