|

काठमाडौं : ललितपुर महानगरपालिकालाई वर्ल्ड क्राफ्ट सिटीकाे रूपमा घाेषणा गरिएकाे छ। बुधबारदेखि सुरु भएकाे हस्ताकला व्यापार मेलाकाे अवसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई वर्ल्ड क्राफ्ट सिटीकाे रूपमा घाेषणा गरेकाे हाे।

परिषद्की एशिया प्रशान्त क्षेत्रकी अध्यक्ष डा. घाडा हिजामी कडामीले ललितपुर महानगरपालिकालाई वर्ल्ड क्राफ्ट सिटी घाेषणाकाे पत्र उपलब्ध गराएकी हुन्। घाेषणापत्र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बुझेका छन्।

विश्वकला परिषद्ले अहिलेसम्म संसारका १५ वटा शहरलाई वर्ल्ड क्राफ्ट सिटीकाे रूपमा घाेषणा गरेकाे छ। ललितपुर महानगरपालिका वर्ल्ड क्राफ्ट सूचीमा पर्ने १६ औँ शहर हाे भने नेपालको पहिलाे शहर हाे। ललितपुरमा मुर्तीजन्यका साथै विभिन्न संस्कृति झल्काउने चित्रहरू बनाउने गरेकाे छ।

हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले विश्व कला परिषद्मा नेपालकाे शहर पर्नुले पर्यटन क्षेत्रकाे विकासमा सहयाेग पुर्‍याउने बताए। उनले नेपाल पर्यटन वर्ष २०२० मा ललितपुर महानगरपालिका समेत प्रमुख गन्तव्य हुने बताए।

हस्तकला महासंघले नेपालभित्र र नेपाल बाहिर नेपाली हस्तकलाका सामाग्रीकाे माग बढेकाे जनाएकाे छ। महासंघकाे तथ्यांक अनुसार अान्तरिक बजारमा १० अर्ब रुपैयाँ बराबरकाे हस्तकलाकाे सामाग्रीकाे माग भएकाे छ।

बुधबारबाट भृकुटीमण्डपमा १६ अाैँ हस्तकला व्यापारमेला शुरू भएकाे छ। मंसिर दई गतेसम्म चल्ने मेलामा २०० वटा स्टलहरू राखिएकाे छ।

मेलामा ५० कराेड रूपैयाँ बराबरकाे बुकिङ तथा काराेबार हुने अपेक्षा  अायोजककाे छ। त्यस्तै दुई लाख सर्वसाधरणले अवलाेकन गर्ने लक्ष्य राखिएकाे छ।
अहिले वार्षिक ५ अर्ब रूपैयाँ बराबरकाे हस्तकलाका सामान निर्यात भएकाेमा सरकारले नगद अनुदानका साथै छुट दिएमा वार्षिक १० अर्बकाे सामान निर्यात गर्न सहजै सकिने महासंघले जनाएकाे छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.