अझै प्रहरीले अपराधी सार्वजनिक गरेन

|

उदयपुर :  १३ वर्षे बालिका बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ६ मध्ये ४ छुटेका छन् भने दुईजना बाँकी रहेका छन्। प्रहरीले आफन्तलाई दुईजना अपराधी हुन भन्दै यकिन गरेकाले आफन्तले एल्जिनाको शव बुझेर प्रहरी नियन्त्रणमा लिएका ६ मध्ये चारलाई छोड्न सहमति दिएका हुन्।

उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या भएको थियो। ‘प्रहरी अनुसन्धानमा उनीहरूको संलग्नता नदेखिएपछि परिवारलाई शव बुझाउँदै आवश्यक परे पुनः उपस्थिति हुने गरी छाडिएको छ,’ एसपी चन्द्रदेव राईले भने, ‘घटनामा संलग्न रही अपराधी देखिएका दुई बालकलाईलाई पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी प्रक्रिया पुर्‍याँदै छौँ।’

सोमबार पक्राउ परेका १७ वर्षीय बालक र मंगलबार बिहान पक्राउ परेका १५ वर्षीय बालक प्रहरी हिरासतमा छन्। उनले भने, ‘हामी घटनाका अपराधीनजिक पुगिसकेका छौँ, छिट्टै यकिन गरी सार्वजनिक गर्छौं।’

बालिकाको शव मंगलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउँदै अपराधी सार्वजानिक गर्ने वचन दिएको हो। प्रहरी हिरासतमा लिएका १७ वर्षे र १५ वर्षे बालक नै दोषी रहेको भन्दै अपराधी यकिन गरेकाले शव बुझेको एल्जिनाका बुबा दुर्गाबहादुर खड्काले बताए। ‘तिनै दुई बालक हुन भन्ने प्रहरीको ठोकुवा छ,’ उनले भने, ‘हिन्दु परम्पराअनुसार शवको अन्त्येष्टि गर्ने तयारी गरेका छौँ।’

गएको शनिबार घरबाट बाख्रा चराउन गएकी बालिका आइतबार दिउँसो घर नजिकैको खरबारीमा मृत फेला परेकी थिइन्। सोमबार प्रहरीले पाँचजना नियन्त्रणमा लिई शव पोष्टमाटमको लागि ल्याई मंगलबार पोष्टमाटम गरेको थियो।

पोष्टमाटमको रिर्पोटको पखाईमा प्रहरी बसेको छ भने घट्ना नहरेको संलग्नता नदेखिएको भन्दै बुधबार बिहान ४ जनालाई छाडेको हो। घटनाको प्रकृति हेर्दा बलात्कार गरेपछि पहिचान खुल्ने त्रासले समूहगत रूपमा बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको दाबी छ। मुखमा नेप्किन (हात पुछ्ने कागज) हालेर बोल्न बन्द गरिएको, मलद्वार च्यातिएको, योनीस्थल सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेको, घाउ देखिएकाले बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ। प्रहरी हिरासतमा रहेका दुईको नाम थर र ठेगाना प्रहरीले अझै बताउन चाहेको छैन।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.