|

कञ्चनपुर : राष्ट्रिय क्रिकेट खेलाडी ललित बहादुर भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बुधबार एक समारोहबीच सम्मानित गरेको छ नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले रु एक लाख एक हजार एक सय ११ नगद रकम  सम्मान पत्रसहित खेलाडी भण्डारीलाई सम्मान गरेका छन्।

 खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेकाले खेलाडी भण्डारीलाई सम्मान गरेका छौं नगर प्रमुख ऐरले भने, ‘प्रतिभावान खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता कार्यक्रमले सघाउ पुर्‍याउछ।’

खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुसी भएको बताए। खेल मैदान बनाएर प्रतिभावान युवाहरुलाई खेलप्रतिको आकर्षण बढाउन सकिने उनले बताए।खेलाडी भण्डारीलाई नगरपालिकाको २०७४ चैत १० गतेको कार्यपालिकाको सम्मान गर्ने निर्णयअनुरूप सम्मान गरिएको हो।

कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोष्ट भ्यालुवेल प्लेयर घोषित भई गोल्डन बुट जितेका थिए। भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन्। युएईमा आयोजना भएको एकदिवशीय क्रिकेट प्रतियोगितामा सहभागी उनले हङकङ विरुद्धको खेलमा तीन विकेट लिएका थिए। नेदरल्याण्डमा भएको एकदिवशीय  अन्‍तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत उनले दुई विकेट लिएका थिए।

सन् २०११ देखि घरेलु टोलीमा सहभागीभै क्रिकेट खेल्दै आएका उनले युथ १९ प्रतियोगितामा पहिलोपटक सन् २०१४ मा दुबईमा भएको एसिया कपमा समेत सहभागिता जनाएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.