|

काठमाडौं : नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन्।

सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्। सपथग्रहण पछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिबद्धता व्यक्त गरे।

मुलुकको खेल र खेलाडीहरूको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाई छ। उनले खेलकुद क्षेत्रमा अबाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाए। तिमिल्सिना यसअघि पनि परिषदको उपाध्यक्ष भएका थिए।

समारोहमा परिषदका नवनियुक्त सदस्यद्वय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन्। मन्त्री विश्वकर्माले गुरुङ र निरौंलालाई पनि पद तथा गोपनियताको सपथ खुवाउनु भएका हुन्। सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.