|

काठमाडौं : विदेशी बजार सबैभन्दा बढी निर्यात गर्ने चार व्यवसायीलाई सुनको तक्मा सहित सम्मान गरिएको छ। नेपाल हस्तकला महासंघले हस्तकला क्षेत्रबाट सबैभन्दा बढी निर्यात गर्ने व्यवसायीलाई बुधबार तक्मा सहित सम्मान गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले चार व्यवसायीलाई महासंघले दिएको सुनको तक्मासहित सम्मान गरेका हुन्। तक्मा पाउँने चार व्यवसायीमा तीन जना हस्तकला महासंघका सदस्य रहेका छन् भने एक जना गैर सदस्य रहेका छन्।

त्यस्तै चारमध्ये दुई जनाले फेल्टजन्य सामाग्री निर्यात गरेका छन् भने दुई जनाले मिक्स तथा हेन्डिक्राफ्ट सामाग्री निर्यात गरेका छन्। नेपाल हस्तकला महासंघका अनुसार सदस्यहरूका तर्फबाट सबैभन्दा बढी निकासी एभरेष्ट फेसनले निकासी गरेको छ।फेल्टका बस्तु निर्यात गर्ने यो कम्पनीले आर्थिक वर्ष २०७४/०७५ मा ४२ करोड रुपैयाँ बराबरको सामाग्री निर्यात गरेका थिए। कम्पनीका संचालन महेश्‍वर श्रेष्ठलाई सुनको तक्मा र कदरपत्रले सम्मान गरिएको हो।

दोस्रो बढी सामान निकासी गर्नेमा मिक्स तथा हेन्डी क्राफ्टका सामाग्री निकासी गर्ने कल्पना क्राफ्ट रहेको छ। यो कम्पनीले २६ करोड रुपैयाँ बराबरको सामान निकासी गरिएकोमा संचालक अमृता खड्कालाई सुनको सम्मान गरिएको हो।  तेस्रोमा फेल्टका सामाग्री बढी निर्यात गरेको एसियाटिक ट्रेडर्स एण्ड एक्सोपोर्टलाई तक्मा दिइएको हो। १२ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेका कम्पनीका संचालक राजु श्रेष्ठलाई तक्मासहित सम्मान गरिएको हो।

 त्यस्तै गैर सदस्य तर्फबाट सबैभन्दा बढी निकासी गर्ने गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोटका बाबुराम गौतमलाई पनि सुनको तक्मा सहित सम्मान गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.