|

इलाम : देउमाई नगरपालिका–४ पानीटाटर बस्ने वर्ष ७६ को लालबहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी घाइते भएका छन्।

अन्दाजी १०:४५ बजेको समयमा आफ्नै पेटमा चक्कु हानेका उनलाई तत्काल आफन्त तथा स्थानीयले देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागि झापास्थित बिएनसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईले जानकारी दिए। 'घाइते कटुवालको अवस्था गम्भीर रहेको छ' घाइतेको भनाइ उद्धृत् गर्दै उनले अगाडि भने, 'अब म धेरै वर्ष बाँचे र अब बाँच्न मन छैन, त्यसकै कारण मर्ने प्रयास गरेको हुँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.