|

पर्वत : अन्नपूर्ण पदमार्गका भित्रका विभिन्न संरक्षित क्षेत्रमा विनाअनुमति उडान भर्ने हेलिकोप्टरविरुद्ध अख्तियारमा उजुरी परेको छ।

विश्वमै प्रशिद्ध अन्नपूर्ण पदमार्गका विभिन्न क्षेत्रमा विनाअनुमति हेलिकोप्टर उडान गरेपछि राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले विरोध जनाएको हो। समितिले निषेधित क्षेत्रमा विनाअनुमति हेलिकोप्टर उडान गर्नेलाई कारबाहीको मागगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा बुधबार उजुरी दिएको हो।

समितिका अध्यक्ष रामबहादुर पौडेलद्वारा हस्ताक्षर गरेको उजुरी पत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतका अन्नपूर्ण आधार शिविर, मनाङ, जोमसोम र लोमाङथाङ संरक्षण क्षेत्रमा नियमावली विपरीत उडान भरेको भन्दै कारबाहीको माग गरिएको छ। अन्नपूर्ण क्षेत्रमा सिम्रिक, प्रभु कम्पनीका हेलिकोप्टरले धेरै उडान भरिरहेका छन्।

संरक्षण क्षेत्र नियमावली २०५३ दफा 'छ' विपरीत अन्नपूर्ण क्षेत्रमा हरेक दिन सिम्रिक, प्रभु कम्पनीका हेलिकोप्टरले रेस्क्यूलगायतको बाहना गरेर दैनिक २० भन्दा धेरै उडान भरिरहेका छन्। 

काठमाडौँ तथा पोखरा विमानस्थबाट त्यस क्षेत्रमा हुने हेलिकोप्टर उडान तथा अवतरणमा नागरिक उडड्यन प्राधिकरणले बेवास्ता गरेको समितिले उजुरीमा उल्लेख गरेको छ। उजुरीमा वास्तविक रेस्क्यूबाहेक अन्य उडान रोक्नसमेत आग्रह गरिएको छ। केही समयअघि कास्कीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर उडान गर्दा त्यहाँका जीवजन्तु लोभ भएको भन्दै हेली उडाउन नपाउने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.