|
प्रतीकात्मक तस्वीर

अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ। अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन।

खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ५० पुगेको काउन्टीका प्रहरी अधिकारी सेरिफ कोरी होनेआले बताए। यसअघि ४२ व्यक्तिको मृत्यु भएको बताइएको थियो।

अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोत उल्लेख गरी अझ १०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको जनाएका छन्। बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा हजारौ अग्नि नियन्त्रकहरू परिचालन गरिएका र उनीहरूले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।

जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरूपमा जंगलको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डढेलोबाट खासगरी जंगलको आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.