|

हेटौँडा : प्रदेश ३ सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरूमा चिकित्सकको अभाव भएकोले करारमा नियुक्त गर्नका लागि ‘करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि २०७५’ स्वीकृत गरेको हो।

त्यसैगरी प्रदेशमा स्थापना भएका आयोजनाहरूमा आयोजनागत अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री केलाश ढुंगेलले जानकारी दिएका छन्। यसैगरी श्रीमानश्रीमतीको संयुक्त लालपूर्जा दर्ता गरे रजिष्टेशन शुल्कलाई पाँच सयबाट घटाएर एक सय मात्र  लिने निर्णयसमेत गरिएको छ। यसैगरी प्राइभेट ट्रिपरको वार्षिक कर ३५ हजार र भाडाको ट्रिपरको कर २९ हजार कायम गरिएको प्रवक्ता ढुंगेलले बताए।

बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल सहभागि थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.