|

हुम्ला : हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले निर्माण सामग्री सहयोग गरेको छ। चीनको स्वाशति क्षेत्र तिब्बतको पुराङ्कान्ट्रीले नाम्खा गाउँपालिकालाई चिनियाँ युएन तीन लाख मूल्य बराबरको निमार्ण सामग्री सहयोग गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले बताए।

आफ्ना भू–भागसंग सिमाना जोडिएका नेपाली जिल्लाहरूका लागि  हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायता अन्तर्गत  नाम्खा गाउँपालिका स्वाथ्य क्षेत्रका भवन निमार्णका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो।

हुम्लाको नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसँग जोडिएका गाँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा भौतिकलगायतकाका निमार्ण भन्दै सहयोग गर्दै आइरहेको अध्यक्ष लामाले बताए।

तिब्बतको ताक्लाकोटमा  एक कार्यक्रम विच आयोजना गरी चिनियाँ प्रतिनिधि मण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्क बहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष लामाको तर्फबाट  कार्तिक १२ गते सम्झौता भएको थियो। नाम्खा गाउँपालिका अध्यक्ष लामाको रोहवरमा चीन सरकारले जस्ता पाता, सिमेन्ट, सरिया ग्याबिन उपलव्ध गराएको हो।

चीनको ताक्लाकोटबाट १२ सय जस्तापाता, तीन सय १५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलव्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए। चीन सरकारबाट उपलब्ध हुने वस्तुगत सहायता अन्तर्गतका सामानहरू स्वाथ्य चौकी भवन मर्मत गर्नमा प्रयोग गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.