|

श्रीलंका र इंग्ल्यान्ड बिच केन्डीमा जारी तीन खेलको टेस्ट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले सामान्य सुरुवात गरेको छ।  पहिलो इनिङमा इंग्ल्यान्डले मध्यम स्कोर तयार गरेको छ। पहिलो दिननै इंग्ल्यान्ड श्रीलंकन बलरहरुसामु टिक्न असफल भयो। यद्यपि उसले अलआउट हुनु अघि २ सय ८५ रन तयार गर्न सफल भयो।

जवाफमा पहिलो दिननै ब्याटिङ सुरु गरेको श्रीलंकाले १२ रन जोड्दा एक विकेट गुमाएको अवस्थामा दिनको खेल समाप्त भएको छ। दोस्रो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डलाई जोस बटलर र साम कुरानले धरासायि हुनबाट जोगाए। पाँचौ नम्बरमा ब्याटिङका लागि आएका बटलरले ६३ रन बनाउँदा आठौं नम्बरमा ब्याटिङ गरेको कुरानले ६४ रनको इनिङ खेलेका थिए। त्यसअघि ओपनर रोरि बर्नसले ४३ रन बनाएका थिए  अन्य ब्याट्सम्यानको प्रदर्शन भने सामान्य रह्यो।

श्रीलंकाका लागि दिलरुवान परेराको प्रदर्शन राम्रो रहयो। उनले ४ विकेट लिए भने मालिन्दा पुष्पकुमाराले पनि ३ विकेट लिएका थिए। जवाफि इनिङ सुरु गरेको श्रीलंका दिमुथ करुणारत्ने १९ रन र मालिन्दा पुष्पकुमारा एक रन बनाएर क्रिजमा छन्। कउसल सिल्भा भने ब्यक्तिगत ६ रनको अबस्थामा पेभिलियन फर्किए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.