|

इजरायली रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन्। इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन्।

हमासविरुद्धको दुईदिने भौतिक कारबाही अन्त्य गर्दै इजरालको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो। त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगाडी घुँडा टेक्नुसरह भएको भन्दै राजीनामा दिएका हुन्। हमाससँग दीर्घकालीन सम्झौता प्रयासको उनले आलोचनासमेत गरेका छन्।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजिप्ट सरकार मध्यस्तकर्ता रहेको युद्धविराम स्वीकार्य भएको र इजरायल पनि सहमत भए युद्धविराम मञ्जुर भएको बताएपछि इजरायलले युद्धविराम घोषणा गरेको थियो। यसअघि दुई दिनसम्म हमासले इजरायली सैनिक लक्षित रकेट प्रहार गरेको भन्दै गाजामा इजरायलले कारबाही तीब्र पारेको थियो।

कारबाहीका क्रममा अाठ जनाको मृत्यु भएको थियो। युद्धविराम लागु भएसँगै गाजा क्षेत्रमा रकेट प्रहारका घटना रोकिएकाले व्यापार, व्यवसाय र विद्यालय खुलेका छन्। यसैबीच, सीमा क्षेत्रका इजरायली समुदायले सरकारले प्यालेस्टिनी रकेट आक्रमणविरुद्ध उचित कदम नचालेको भन्दै सडकमा अवरोध पुर्‍याएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.