|
AP Photo/Matt Dunham

बेलायत युरोपीय संघ (ईयू) बाट बाहिरिने भएको छ। करिब पाँच घण्टा लामो मन्त्रिपरिदको छलफलपछि उसले युरोपेली संघबाट बाहिरिने निर्णय गरेको हो। 

बेलायती प्रधानमन्त्री टेरिजा मेले यो नै अन्तिम निर्णय भएको भन्दै यसले बेलायती जनताको हित गर्ने दाबी  गरिन्।  यसले देशमा रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने मेको भनाइ छ। 

प्रधानमन्त्री मेले युरोपीय संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी भने बिहीबार संसदलाई गराउने जनाइएको छ। विपक्षी पार्टीका केही मन्त्रीहरूले प्रधानमन्त्रीको आलोचना गरेका छन्। 

यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आबद्ध २७ देशका राजदूतहरूको बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफलबिनै सकिएको थियो। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.