|

रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चारजना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका ४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका ११ गोइरीकी १४ वर्षीया दीपा सिंह र नलगाड नगरपालिका ८ हलचौरका ९ वर्षीय लोकेन्द्र खत्री रहेका छन्।

घाइतेमध्ये कालिबहादुर र लोकेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूको अहिले नगर अस्पताल आठविसकोट नगरपालिका ९ राडीमा उपचार भइरहेको छ। गम्भीर घाइते कालिबहादुर विकले नै उक्त पिङ सञ्चालन गरेका थिए। घाइतेमा हुनेमा पिङबाट खस्ने र पिङको तल बसेका स्थानीयहरू पनि परेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.