|

दाङ : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्। 
घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो। 


यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जिपकार, २१ बस, ट्रयाक्टर १७, ट्रक, ट्रयांकर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारीसाधन दुर्घटनामा संलग्न रहेका छन्। सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन्। त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ। 
सो अवधिमा नियमविपरीत सवारीसाधन चलाउने १७ हजार ३६२ चालकलाई कारबाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व संकलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए। त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.