|

काठमाडौं : अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो। अपवादबाहेक अनुहार वस्त्रले नढाकिने भाग पनि हो। त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। चिसो मौसममा धेरैको अनुहार फुट्ने तथा चाउरीपन देखिने गर्छ। यो मौसममा अनुहारमा सुक्खापन देखिने समस्याले धेरैलाई सताइरहेको हुन्छ। केही कुरामा ध्यान दिन सके यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ।

प्रशस्त पानी पिउने

धेरैमा चिसोका कारण यो मौसमा पानी कम खाने बानी हुन्छ। यसले गर्दा हाम्रो शरीर सुख्खा भइरहेको हुन्छ। अनुहार फुट्न तथा सुख्खापनबाट जोगाउन गर्मी मौसममा भन्दा जाडो मौसममा प्रशस्त पानी पिउने गर्नुपर्छ। यसले हाम्रो अनुहारलाई सुख्खा हुन तथा चाउरिनबाट जोगाउनुका साथै अनुहारको चमकसमेत बढाउने गर्छ।

नियमित मोश्चराइजर

अन्य मौसममा भन्दा चिसो मौसमा अनुहारको विशेष ख्याल गर्नुपर्छ। यसका लागि नियमित मोश्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ। हरेक दिन मुख धोइसकेपछि मोश्चराइजर अनुहारमा प्रयोग गर्नाले अनुहार सुख्खा हुने तथा चाउरीपन देखिने समस्याबाट छुटकारा पाउन सकिन्छ।

चिसो पानीको प्रयोग

धेरैले यो मौसमा तातो पानीले मुख धुने बानी हुन्छ तर यस्तो गर्नु राम्रो हुँदैन। तातो पानीले अनुहार धुँदा अनुहारको छालामा भएको चिल्लोपनलाई निकालिदिन्छ र झन् अनुहारमा सुख्खापन देखापर्ने गर्छ। यसले गर्दा चिसो पानीले मुख धुने गर्नुपर्छ। सकेसम्म चिसो पानीले मुख धोएर मोश्चराइजरको प्रयोग गर्नु राम्रो हुन्छ।

मेकअप कम गर्ने

धेरै महिलाहरूले आफूलाई सुन्दर देखाउन मेकअप गर्ने बानी हुन्छ। तर चिसो मौसमा धेरै मेकअप गर्नु अनुहारका लागि राम्रो मानिँदैन। मेकअपका लागि प्रयोग गरिने सामग्रीले अनुहारलाई सुख्खा बनाइदिन्छ। त्यसैले चिसो मौसममा अरू बेलाभन्दा मेकअप कम गर्नुपर्छ।

सनक्रिन नियमित प्रयोग गर्ने

धेरैको गर्मी मौसममा मात्र सनक्रिम प्रयोग गर्ने तर चिसो मौसममा नगर्ने बानी हुन्छ। यस्तो गर्नुहुँदैन। गर्मी मौसममा भन्दा झन् धेरै सनक्रिम चिसो मौसमा प्रयोग गर्नुपर्छ। यसै त चिसो मौसमले अनुहार सुख्खा बनाइरहेको हुन्छ। गर्मी मौसममा घामले अनुहारमा जति असर गर्छ, चिसो मौसममा उति नै चिसो हावाले अनुहारमा असर गरिरहेको हुन्छ। त्यसैले अनुहार सुख्खा तथा चाउरीपनबाट जोगाउन नियमित सनक्रिम प्रयोग गर्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.