|

बाँके : नेपालगन्जको पुष्पलाल चोकस्थित पुष्पलालको शालिकमुनि शंकास्पद वस्तु राखिएपछि सर्वसाधारण त्रसित भएका छन्। एक अपरिचित व्‍यक्तिले शालिकमुनि राखेको प्लाष्टिकको ब्यागमा बम भएको भन्दै चोकमा रहेको होटल एभरेष्टका मालिकलाई फोन गरेका थिए। फोन गर्ने ब्यक्तिले निलो प्लाष्टिकको झोलामा बम भएको भन्दै सचेत रहन सुझाव दिए पछि होटल संचालकले प्रहरीलाई खवर गरेका थिए। 

जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोलीले पुष्पलाल चोकलाई घेरा हालेर सवारी आवागनलाई ब्यवस्थित बनाएको थियो। झोलामा राखेको बस्तु पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो। तर अनुसन्धानमा प्रयोग भएको कुकुरले पत्ता लगाउन नसकेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले प्लाष्टिकको झोला उठाएर वाटर पार्कको खुल्ला चौरमा लगेर डिस्पोजको तयारी गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए। 

शंकास्पद सामान राख्ने व्यक्तिले विहान १० बजेर २३ मिनेट जाँदा होटल एभरेष्टका मालिकलाई फोनमार्फत जानकारी गराएका थिए। तर पुष्पलाल चोकमा राखिएको सीसीटीभीको फुटेजमा ९ बजेर १५ मिनेटमा प्लाष्टिकको झोला राखेको रेकर्ड देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.