|

काठमाडौं : नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हस्तकलाका सामग्रीको प्रदर्शन गरेको छ। १६ औँ हस्तकला व्यापार मेलाको रुपमा बुधबारदेखि आगामी आइतबारसम्म मेला आयोजना गरिएको छ। 

नेपालमा नेपाली हस्तकलाका सामग्रीका साथै चिन र सार्कका केही राष्ट्रका हस्तकलाका सामाग्रीसमेत राखिएको छ। नेपाली कला कौशल प्रयोग गरिएका हस्ताकलाका सामग्री हेर्नको लागि अवलोकनकर्ताको बाक्लो उपस्थिति देखिएको छ। मूर्तिजन्य सामग्री हेर्नेको भीड रहेको छ भने ढाका तथा अल्लोबाट बनेका लत्ता कपडा र बाँसबाट बनेका सजावटका सामाग्री किन्‍नेको भिड देखिएको छ। 

मेलाअवधिभर दुई लाख अवलोकनकर्ताले अवलोकन गर्ने र ५० करोड रुपैयाँ बराबरको सामान किनबेच तथा बुकिङ हुने लक्ष्य आयोजकले राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.