|

काठमाडौं :  कात्तिक २५ गते आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएको छ। मन्त्रिपरिषदका निर्णयहरू सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएका मन्त्रिपरिषदका २२ वटा निर्णयहरूमा  राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको द्रुततर निर्माण तथा नियमावलीसम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमतिदेखि  नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा रमण नेपाललाई नियुक्त गर्नेसम्मका निर्णयहरू रहेका छन्। यसअघि समाचारमा आएबाहेक राजदुत नियुक्तिको सिफारिसमा भारतका लागि निलाम्बर आचार्य , मलेशियाका लागि उदयराज पाण्डे र अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालसँगै इजरायलका लागि अन्जान शाक्यको नाम पनि सार्बजनिक भएको छ। हाल इजरायलका लागि राजदुत निरञ्जन थापा दक्षिण अफ्रिकाका लागि राजदुत अमृत राईलाई तीनसाताको म्यद दिएर फिर्ता बोलाइएको छ। थापा राप्रपाका नेता पनि हुन् भने राई परराष्ट्र सेवाका कर्मचारी हुन्।

यसैगरी केहि दिन अघि सर्लाहीमा भएको झडपमा परि मारिएका रामविलास महतोको परिवारलाई दशलाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि सार्बजनिक गरिएको छ। यस भन्दा पहिले मन्त्रिपरिषदका निर्णयहरु तत्कालै सार्बजनिक गरिदै आएकोमा अब उप्रान्त पत्रकार सम्मेलन मार्फत पछि मात्र सार्बजनिक गर्ने बताइएको थियो। त्यसरी सार्बजनिक गर्ने भनिए पनि यस पटककाे पत्रकार सम्मेलन अघि नैं कतिपय निर्णय बाहिर आइसकेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.