|

नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ। बिहिबार स्वेत पत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

निगमका अध्यक्ष मदन खरेलले वाइडवडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको बताए। वाईडवडी विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ अर्ब ८७ करोड रहेकाले पनि नगद प्रवाहमा संकट आईपरेको पनि स्पष्टिकरण दिएको छ। अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिए।  चार महिना भित्र वाइडबढि विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.