|
मन्त्रिपरिषद बैठकको फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार (कात्तिक २५) गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय पत्रकारहरूलाई दिने मन्त्रीहरूलाई 'सचेत' गराएका छन्।

आइतबार साँझ अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदका निर्णय तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको थियो। तर, मन्त्रीहरूले विभिन्न सञ्चारमाध्यमलाई उक्त मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे जानकारी दिएका थिए। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा आइतबारको बैठकको 'निर्णय सार्वजनिक गर्ने मन्त्रीहरूलाई प्रधानमन्त्रीले सचेत' गराएको बताए।

आइतबारको मन्त्रिपरिषदबारेका समाचारः

कात्तिक २५ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मन्त्रीहरूलाई प्रधानमन्त्रीले सचेत गराएको बताए। मन्त्री बाँस्कोटाले भने, 'आज पनि निर्णय भएका छन्। तपाईंहरूले लेख्नुभयो भने खोजि पत्रकारिताको उत्तम नमूना हुनेछ। मन्त्रीहरूका बारेमा प्रधानमन्त्रीज्यूले उहाँहरूलाई सचेत गराइसक्नु भएको छ।'

मन्त्रिपरिषदले गरेका निर्णय प्रवक्ता बाँस्कोटाले तत्काल सार्वजनिक नगरेपनि केही मन्त्रीहरूले सञ्चारमाध्यमलाई बताएका थिए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको नाम नै उल्लेख गरेर सरकारी पत्रिका गोरखापत्रले समाचार लेखेको थियो। उक्त बैठकमा विभिन्न देशका लागि राजदूत नियुक्ति लगायतका २२ निर्णय गरिएको थियो।

मन्त्री बाँस्कोटाले सरकारको नीति अनुसार नै अबदेखि मन्त्रिपरिषदका निर्णय साप्ताहिक रूपमा सार्वजनिक गरिने पनि जानकारी दिए। उनका अनुसार प्रत्येक बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.