राजनीति

अबको आन्दोलन एकात्मक शासन सत्ताविरुद्ध : मुख्यमन्त्री राउत
SHARES

कात्तिक २९, २०७५

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले एकात्मक शासन सत्ताविरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको बताएका छन्। उनले एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भए पनि परिवर्तनको आभास हुन नसकेकाले सत्ताविरुद्धमा अझै आन्दोलनको आवश्यकता रहेको बताएका हुन्। 

    जलेश्वरनाथ नगरपालिकास्थित जिरोमाईल चोकको शहीद बाटिकामा मधेश आन्दोलनका शहीदहरूको शालिक अनावरण गर्दै मुख्यमन्त्री राउतले परिवर्तनको लागि, परिवर्तनका धारक र अधिकारको लागि लड्ने योद्धाहरूको बलिदानी खेर नजाने बताए। मधेश आन्दोलनका शहीदहरूको शालिक अनावरण समारोहमा उनले भने, ‘जहानिया शासन सत्ता राणाहरूविरुद्धमा प्रजातन्त्रको लागि आन्दोलन भयो, अब एकात्मक शासन सत्ताविरुद्धमा आन्दोलन भइरहेको छ।’

    जलेश्वरनाथ नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शाही)को अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले संघीयता शहीदहरूको बलिदानीबाटै स्थापित भएको र आन्दोलनको बेला गुञ्जिएको नारा 'अप्पन शासन, अप्पन प्रशासन'को नाराले केही हदसम्म सार्थकता पाउँदै गएको दाबी गरे।

    शालिक अनावरण समारोहमा राष्ट्रिसभा सदस्य वृषेशचन्द्र लाल, नेकपाकी संघीय सांसद इन्दु शर्मा, चन्दा चौधरी, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सांसद रानी शर्मा तिवारी, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, राजनीतिक विश्लेषक सिके लाल, नेकपाका नेता रामकुमार शर्मा, नेपाली कांग्रेसका नेता गणेश नेपालीलगायतको उपस्थिती रहेको थियो।

    मधेश आन्दोलनका शहीदहरूको शालिकको अनावरण अध्यक्ष ठाकुर र मुख्यमन्त्री राउतले संयुक्त रूपमा गरेका थिए। शहीद वाटिकामा तेस्रो मधेश आन्दोलनको क्रममा मृत्यु भएका महोत्तरी जिल्लामा गणेशप्रसाद चौधरी, रोहन चौधरी, विरेन्द्र विच्छा, अमित कापर, रामशिला मण्डल र राम विवेक यादवको परिवारलाई सम्मान गरेका थिए। साथै पहिलो मधेश आन्दोलनको क्रममा मारिएका कैयुम दफालीका परिवारलाई समेत सम्मान गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]