|

विराटनगर : अपराधिक समूह स्थापना गरी सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या अपराध गरेको मुद्दाका अभियुक्त तथा सुन व्यापारी मदन सिलवाल र संजय खेतान भनिने प्रभात अग्रवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त ईजलासले बिहीबार अग्रवाल र सिलवाललाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला अदालत मोरङले दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध १७ नम्बर गराएका उनीहरूलाई उच्चले धरौटीमा छाड्न आदेश दिएको हो।

अभियुक्तहरू अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालतको आदेश रितपूर्वकको नभएकोले धरौटीमा बुझाएर बाहिरै बसी पुर्पक्ष गर्न पाउने गरी जनही पाँच/पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश गरेको उच्च अदातल विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले बताए।

२०७५ जेठ ८ गते जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षकालागि थुनामा गएका सिलबाल र अग्रवाल दुवैले जिल्लाको आदेश बेरितको भएकोले रितपूर्वकको आदेश माग गर्दै उच्चमा निवेदन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.