|

भक्तपुर : भक्तपुरको सूर्यविनायकबाट सालकको खपटासहित एक युवकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।

बिक्री वितरण गर्ने उद्देश्यले सालकको खपटा लिएर हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले रामेछाप सुनापाती गाउँपालिका ५ बेथान घर भई हाल भक्तपुर नगरपालिका १०  महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो।

तामाङको साथबाट ६४० ग्राम सालकको खपटा बरामद गरेको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। ‘खपटाको आकार हेर्दा सिंगो सालकको जस्तो देखिन्छ। खपटासँगै खुट्टाको नङसमेत रहेको छ,’ उनले भने।

खपटा सहित नियन्त्रणमा लिएका तामाङलाई परिसरमा राखिएको र कानुन बमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.