|

कपिलवस्तु : कपिलवस्तुमा ५ वटा चोरीका मोटरसाइकलसहित एकजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कृष्णनगर नगरपालिकाको कुकुरभुकुवा बगैंचा नजिकबाट ५ चोरीका मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रबि रावलले जनाए। भारतीय नाकाबाट उक्त मोटरसाइकल नेपाल भित्र्याइएको उनले बताएका छन्।

प्रहरीले मोटरसाइकलको साथमा भारतको शान्ताक्रसका २५ वर्षीय मोहम्मद क्याफलाई पक्राउ गरिएको उनले बताए। भारतीय नम्बर प्लेट रहेका २ वटा हिरो होन्डा, एक बुलेट, एक अपाचे र एक बजाज कम्पनीको मोटरसाइकल बरामद गरिएको रावलले बताए।

क्याफलाइ पक्राउ गरिएपछि अन्य ब्यक्ति भने फरार छन्। उनीहरूको समेत खोजी कार्य भइरहेको रावलले बताए। पक्राउ गरिएको मोटरसाइकल भारतका बिभिन्न स्थानबाट चोरी गरी ल्याइएको जनाइएको छ। ५ वटा मोटरसाइलको मूल्य नेपाली बजार मूल्य ६ लाख ६५ हजार रुपैयाँ कायम गरी कृष्णनगर भन्सार कार्यालय चलान गरिएको प्रहरी नायव उपरीक्षक रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.