|

संखुवासभा : समयमा उपचार नपाउँदा नवजात शिशुको ज्यान गएको छ।

जिल्ला अस्पताल खाँदबारीले बिरामीलाई समयमा नै अन्यत्र रिफर नगर्दा नवजात शिशुको ज्यान गएको परिवारले आरोप लगाएको छन्। खाँदबारी नगरपालिका–४ चिप्ले गाउँकी इन्दिरा राईले २४ घण्टे प्रसुति सेवा समयमा नपाउँदा उनको नवजात शिशुको ज्यान गएको हो।

प्रसुति सेवा लिन इन्दिरा सोमबार जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएपनि त्यहाँ उनको उपचार नहुनुका साथै अस्पतालले समयमै अन्यत्र रिफर नगरिदिँदा उनको नवजात शिशुको मृत्यु भएको परिवारले आरोप लगाएका हुन्।

जिल्ला अस्पतालका अनुसार अस्पतालमा चिकित्सक नभएका कारण उनको उपचार हुन नसेको र सामान्य उपचारपछि अन्यत्र रिफर गरिएको हो।  साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन अस्पताल राखेका दुई जनामध्ये एकजना चिकित्सकको समय अवधी सकिएको र एकजना बिदामा रहेकाले जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यले जानकारी दिए।

सोमबार बिहान अस्पताल भर्ना भएकी इन्दिरालाई साझ ५ बजेपछि मात्रै जिल्ला अस्पतालले प्रसुति सेवा गराउन नसक्ने जनाउँदै उपचारका लागि अन्यत्र जान भनेको उनका श्रीमान् भुवन राईले बताए। लगातार रक्तस्राव भइरहेकी इन्दिरालाई लिएर धरानको घोपा क्याम्पतर्फ लागे भए पनि दुर्गममा भेगको कच्ची बाटोका कारण समयमा नै अस्पताल पुग्न नस्कदा नवजात शिशुको मृत्यु भएको राईले बताए।

'तुम्लिङटार र हिले सडक खण्ड कच्ची र खाल्डाखुल्डी भएकाले १० घण्टा लगाएर धरान पुगियो। धरानको घोपा क्याम्प पुगे पनि समय उपचार नपाउँदा नवजात शिशुको ज्यान गयो' उनले भने 'जिल्ला अस्पताल खाँदबारीमा सुरक्षित मातृत्व गराउन चिकित्सक भएको भए समयमै उपचार हुने थियो। शिशुको ज्यान बचाउन सकिन्थो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.