|

सन् २०१९ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि दिल्ली डेयर डेभिल्सले नेपाली लेग स्पीनर सन्दीप लामिछानेको अनुबन्धन थप गरेको छ। दिल्लीले पूर्व कप्तान समेत रहेका गौतम गाम्भिर तथा विष्फोटक अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई रिलिज गर्दा सन्दीप प्रति भने विश्वास देखाएको हो।

दिल्लीले बिहिबार सन्दीपसहित १४ खेलाडीको अनुबन्धन थप गरेको थियो। दिल्लीमानै रहने भएपछि सन्दिपले कति पैसा पाउने भन्ने खुलाइएको छैन। टिम व्यवस्थापन र खेलाडीको आपसी सहमतिमा रकम निर्धारण हुने गर्छ।

यसअघि सन् २०१८ को इन्डियन प्रिमियर लिग अक्सनमा दिल्लीले सन्दिपलाई बेस प्राइस २० लाख भारतीय रुपैयाँमा क्लबमा अनुबन्धन गरेको छ। दिल्लीको टोलीमा छनाेट भएर आइपिएल क्रिकेट खेल्ने पहिलो नेपाली बनेका उनले गतवर्ष अन्तिम ३ खेलमा आफ्नो स्पिनको जादु देखाउने मौका पाएका थिए। जहाँ उनले ५ विकेट चट्काएका थिए।

सन्दिपले आफुले खेलेका ३ खेलमा किरन पोलार्ड, सुरेश रैना, सूर्यकुमार यादव, क्रुनाल पान्ड्या र पार्थिव पटेलको विकेट लिएका थिए। दिल्लीले यसअघि सहबाज नदीम, विजय शंकर र अभिषेक शर्मा दिएर सनराइजर्स हैदरवादबाट शिखर धवनलाई लिएको थियो। यस्तै टोलिले ग्लेन म्याक्स्वेल, गौतम गम्भिर, मोहम्मद शामी र डेन क्रिसटियनलाई रिलिज गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.