|

काठमाडौं : नौवटा साना तथा ठूला गरी १४ वटा विमान भएको सरकार स्वामित्वको ध्वजाबाहक कम्पनी  नेपाल वायुसेवा विगमले आर्थिक संकट आइपरेको भन्दै सरकार गुहारेको छ।
६० वर्षअघि स्थापना भएको मुलुककै पहिलो वायुयान संस्थाले नगद प्रवाहमा समस्या आइपरेको भन्दै भदौ मसान्तसम्मको स्थिति समेटेर श्वेतपत्र जारी गरेको समाचार कान्तिपुर दैनिकले लेखेको छ। हालै निगममा कार्यकारी अध्यक्ष तोकिएका मदन खरेलले तत्काल सरकारसँग २० अर्ब माग गरे।

‘यो नेपाल सरकारको शतप्रतिशत सेयर भएको संस्था हो’, निगम मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खरेलले भने, ‘हामीसँग पुँजी न्युन छ। पुँजी बढाउन सरकारसँग २० अर्ब माग गरेका छौँ। एकैचोटी होइन योजना बनाएर उपलब्ध गराए क्यास फ्लोमा सघाउ पुग्ने थियो।’ निगमको लगानी तीन अर्ब १० करोड छ।

यस्तै कारोबार दैनिकले ‘वायुसेवा निगम मासिक ३१ करोड घाटामा’ शीर्षकमा समाचार लेखेको छ। निगमको हाल दीर्घकालीन प्रकृतिको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ छ। जसको वार्षिक ब्याज तीन अर्ब ८० करोड हुन्छ। त्यस्तै एक अर्ब ८० करो८ छोटो अवधिको ऋण रहेको निगमका कार्यकारी अध्यक्ष खरेलले जानकारी दएि।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.