|

वायन रुनीको सुखद बिदाई गरिएको छ। रुनीको अन्तिम खेलमा इङल्याण्डले अमेरिकालाई पराजित गर्‍याे। सहज रुपमा अमेरिकालाई पराजित गर्ने क्रममा इंग्ल्यान्डले ३–० को सहज जित निकाल्यो।

इंग्ल्यान्डका लागि २५ औ मिनेटमा जेसे लिङ्गार्डले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि एलेक्जेन्डर एर्नोल्डले गोल गर्दै अग्रता दोब्बर बनाए। ७७ औ मिनेटमा विलसनले गोल गर्दै इङ्ल्याण्डको जित सुनिश्चित गरे। लिङ्गार्डलाई रिप्लेस गर्दे दोस्रो हाफमा मैदान छिरेका रुनीले गोलका केहि राम्रा मौकाहरु बनाएपनि सदुपयोग गर्न सकेनन्। साथै उनले गोलका केहि सिमित मौका सिर्जना समेत गरेका थिए।

इङल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मैत्रिपुर्ण खेलमा युवा खेलाडीलाई मौका दिएका थिए। इङ्ल्याण्डले आगामी आईतबार युईएफए नेसन्स लिग अन्तर्गत क्रोएसिया विरुद्ध प्रतिष्पर्धा गर्दै छ। मैत्रिपुर्ण खेलमा जितसंगै रोनीले अन्तराष्ट्रिय फुटबल करियरबाट सुखद बिदाई लिएका छन्। उनले ईङल्याण्डका लागि १ सय २० क्याप जित्दै ५३ अन्ताष्ट्रिय गोल संभव बनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.