|

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार चालक त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन्। 

घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको लास परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ। जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.