|

गुल्मी :  गुल्मीको तम्घासमा अटो रिक्सा सञ्चालनमा आएको छ। जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरी अटो रिक्सा सञ्चालमा आएको हो। तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरी झण्डै १ दर्जन अटो रिक्सा सञ्चालनमा आएका छन्।

तम्घास बजार भित्रका बिभिन्न स्थानहरूमा पुग्न र सामान ओसारपसार गर्नका लागि अरू सवारीसाधान सञ्चालन नहुँदा यात्रुलाई निकै समस्या थियो। तर हालै केही दिनयता एकैपटक धेरै अटो रिक्सा सञ्चालनमा आएसँगै यात्रुलाई सहज भएको छ। 'तम्घास बजारभित्र ठूला सवारीसाधनले चााहेको स्थानसम्म नपुर्‍याउने हुँदा समाग्रीसहित यात्रुलाई असहजता थियो' तम्घासमा व्यवसाय गर्दै आएका दुर्गाप्रसाद भण्डारीले भने, 'अटो रिक्सा सञ्चालनमा आएपछि सहज भएको छ।’

पसलमा समान किनेपछि भनेको स्थानमा गाडिले सामान नउठाउने गर्दा लेबरबाट गाडि छुट्ने स्थान सम्म सामान लैजानुपर्ने बाध्यता थियो तम्घास उदिनढुङ्गामा व्यवसायी गर्दै आएका छवि पाण्डेयले भने, ‘अटो रिक्सा सञ्चालनमा आएपछि निकै फाइदा दिलाएको छ।’ विभिन्न स्थानबाट आएका कुरियरका सामाग्री बसपार्कमा झारेपछि निश्चित स्थानसम्म लैजाने नहुदा भनेको बेला लेबर नपाउनु र लेबरमार्फत बोकाएर लैजानुपर्ने बाध्यता थियो तम्घास क्याम्पस रोडमा कुरियर सेवा सञ्चालन गर्दै आएका जनक पन्थले भने, ‘अटो रिक्सा सञ्चालनमा आएपछि सजिलो भएको छ।’ उनले आफ्नो व्यवसायमा भन्दा पनि आम तम्घासमा आउने यात्रुहरुको लागि धेरै सजिलो भएको बताए।

३० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म भाडा

एउटा अटोमा ४ जनासम्म चढ्न मिल्ने अटोरिक्सा पेट्रोलमार्फत चल्ने गर्दछ। तम्घास बजारभित्र र बजारबाहिर स्थानका आधारमा ३० रुपैयाँ देखि ७ सय रुपैयाँ सम्ममा यात्रुहरु आवतजावत गराएको अटो रेक्सा चालक सन्तोष पन्थीले बताए। बजारभित्रै आवतजावत गर्नेहरु धेरै भेटिन्छन् उनले भने,‘अहिले तिहारपछिको समय भएर पनि होला दिनमा खाली बस्न परेको छैन।’ बजारभित्रै सामाग्री सहितका यात्रुहरु धेरैजसो चढ्ने गरेको चालक पन्थीले बताए।

तम्घास बजारभित्र ठूला सवारीसाधनले होटलहरु तथा पसलहरूमा समानहरु लोड अनलोड गर्ने गर्नाले जाम हुने गरेकाले यात्रुहरूको सहजताको लागि नगरपालिकाले नै अटो रिक्सा सञ्चालन गर्न दर्ता खुलाएर सञ्चालनमा ल्याउने सुरुवात गरेको रेसुङ्गा नगरपालिका गुल्मीमा सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए। तम्घास बजारभित्र भनेको स्थानमा ठूला सवारीसाधनहरुले यात्रुहरुलाई बजार भित्र भनेको स्थानसम्म लैजान नसक्दा पनि यात्रुहरुलाई समस्या थियो सुचना अधिकारी गौतमले भने,‘नगरपालिकाको भ्यालीभित्र पहिलो चरणमा ८ वटा अटोरिक्सा सञ्चालन अनुमति दिइनेछ।’

नगपालिकाको अनुमतिअनुसार बजार भित्र सञ्चालन गरिने गौतमले बताए बजार भित्र बाहेक नगरका अन्य स्थान सञ्चालनका लागि रुटअनुसार सञ्चालन गर्नको लागि पनि सोचिने गौतमको भनाइ छ। तम्घास बजार भित्रको बढ्दो सवारी जामलाई अन्त्य गर्नको लागि पनि अटो रिक्सा सञ्चालन सुरु गरिएको गौतमले बताए। उनले अब केही दिनमै व्यवस्थित रुपमा सञ्चालन गर्न र स्थान अनुसार भाडा दर पनि तोकिने बताए। व्यवसायी र नगरपालिका बिच आपसी समझदारीमा भाडा दर पनि तोकिने गौतमले बताए।

बजारभित्र व्यस्त समयमा सवारी आवतजावत गर्न समस्या बढ्दै जान थालेपनि नगरपालिकाले सामान लोड तथा अनलोड गर्ने समयतालिका र मोटरसाइकलको लागि पार्किङ्गको सुरुवात गरेको छ। हाल बजारका केहि स्थानमा मोटरसाइकल पार्किङस्थल कायम गरिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.