|

रामेछाप : गाउँगाउँमा पुरानो कपडा संकलन गरी पेलेर कपास बनाई बिक्री गर्ने मजदुरहरूले मासिक २५ हजार रुपैयाँ बचत गर्ने गरेका छन्। पुरानो कपडा संकलन गर्ने क्रममा रामेछाप जिल्लामा आइपुगेका सिरहाबासी मजदुहरूले आफ्नो खर्च कटाएर मासिक २५ हजार रुपैयाँ कमाइ हुने बताए। पुरानो कपडा पेलेर कपास बनाउने मेसिनसहित घरघरमा पुग्ने गरेका उनीहरूले पुरानो कपडाबाट कपास बनाउनुका साथै सिरक, डस्ना र तकिया बनाएर गाउँमै बेच्ने गरेका छन्।

विदेश गएर फर्किएका ६ जना मिलेर २ वर्षदेखि पुरानो पकडा संकलन गरी कपास बनाएर बिक्री गर्दै आएका छन्। विदेशमा भन्दा यहीँको कमाइ राम्रो भएको सिरहाका महोमद हुसेनले बताए। उनीहरूले १ केजी कपडा पेलेको ज्याला २५ रुपैयाँ लिने गरेका छन् भने पेलेको कपास कपडाधनीले नलिएमा पुरानो कपडा पेलेर बनाएको कपास ५० रुपैयाँ केजीमा बिक्री गर्ने गरेका छन्। 

एक केजी कपास आउने पुरानो कपडालाई उनीहरूले २५ रुपैयाँ दिएर किन्ने गरेका छन्। उनीहरूले डस्ना बनाएर बेच्दा एउटा डस्ना १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको शुभराज मोहम्मद मन्सरीले बताए। एक दिनमा १० वटासम्म डस्ना बनाउने उनले बताए। 

पैसा कमाउन कतार गएका उनीहरू कतारमा भनेजस्तो कमाई नभएपछि नेपाल फर्किएर पुरानो कपडा संकलन गर्ने काममा लागेका हुन्।  पुरानो कपडलाई पेलेर कपास बनाई पुनः प्रयोगमा आउँदा पुरानो भएर फालिएका कपडाको पनि राम्रो सदुपयोग भएको रामेछाप नगरपालिका–२ का स्थानीय शेरबहादुर सार्कीले बताए। पुनासो कपडा संकलन गरेर कपास बनाउने मान्छे गाउँमै आउँदा कुहिएर खेरजाने कपडाको समेत राम्रो सदुपयोग भएको छ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.