|

दमक(झापा) : इलामको माङसेवुङ ३ भन्ज्याङमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पाँचथरबाट अदुवा लिएर झापातर्फ आउँदै गरेको  को१त ८०२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टेको थियो।  दुर्घटनामा परेर गम्‍भीर घाइते भएका चालक र सहचाकको दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए।

 मृत्यु हुनेमा ट्याक्टर चालक इलाम, माङसेवुङ गाउँपालिका- ३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबीसे गाउँपालिका ८ घर भएका २२ वर्षीय गोकुल लिम्बू रहेका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.