|
फाइल तस्बिर

काठमाडौं : शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘सी’ डिभिजन क्लबका प्रतिनिधिबीच बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकले प्रतियोगिताको मिति तय गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

लिग निर्देशक सञ्जिव मिश्रले भने, “एन्फा र क्लब प्रतिनिधिबीच प्रतियोगिता फागुन दोस्रो सातादेखि गर्ने सहमति भएको छ, प्रतियोगिता शुरु हुने मिति केही समयमा तय गर्छौं ।” सहमतिअनुसार लिगको तयारीका लागि एन्फाले प्रत्येक सी डिभिजन क्लबलाई रु चार/चार लाख आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ। 

‘सी’ डिभिजन लिगमा ११ सी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड, खलिबारी, मनहरा, स्वयम्भू, समाज कल्याण खेलकूद केन्द्र, कुमारी, सानो गौचरण, ओसिस, सानेपा, सामाजिक र वीरगञ्ज युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। सहभागी क्लबलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ।

समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.