|

काठमाडों : थाहासञ्चार नेटवर्कमा कार्यरत पत्रकार देविराम देवकोटामाथि भएको आक्रमणप्रति क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएको छ। बिहीबार साँझ उनीमाथि भेरी बस व्यवसायी समितिका व्यक्तिहरूले गरेको आक्रमणप्रति संगठनले आपत्ति जनाएको हो। उनी थाहासञ्चार नेटवर्क काठमाडौंमा कार्यरत छन्। 

संगठनले दोषीमाथि कारबाहीको माग गर्दै देवकोटाको स्वास्थ्यउपचार र क्षतिपूर्तिका लागि पनि अपिल गरेको छ। तिहारको छुट्टी मनाएर कार्यालय फर्कने क्रममा पत्रकार देवकोटामाथि बसको टिकटको विषयमा विवाद हुँदा टिकट काउन्टरका प्रकाश चन्दले कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न चन्द भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ। देवकोटको आँखा र टाउकोमा गहिरो चोट लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.