|

भोजपुर : भोजपुर सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगालागी भएको छ। भोजपुर नगरपालिका ७ का गोविन्द सुन्दासको घरमा आगालागी भएको हो। घरको वीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले बताए।

आगालागीबाट कति क्षति भयो भन्ने विषयमा एकीन नभएको कार्कीले जानकारी दिए। आगालागी शुरु भएको एक घण्टा भित्रमा स्थानीय बासी, नेपाली सेना, नेपाल प्रहरी र दम्कलको सहायताले आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.